शनिबार, ५ जेठ २०८१

ङादी ग्रुपले सर्वसाधारणको साढे १२ लाख कित्ता हकप्रद सेयर बिक्री गर्दै, असोज २ देखि आवेदन दिन सकिने

समयपोष्ट २०७९ भदौ २६ गते ११:५७

Advertisement

ङादी ग्रुप पावर लिमिटेडले असोज २ गतेदेखि हकप्रद सेयर लिलाम गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारण तर्फको १२ लाख ५७ हजार २९० कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो।

यस लिलामीमा असोज १३ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिनु पर्ने छ । यी शेयरको न्युनतम मूल्य प्रति कित्ता १०० कायम गरिएकोले आवेदन दिंदा न्युनतम १०० रुपैयाँ कबुल गरि आफ्नो बोलपत्र पेश गर्नु पर्ने छ । सर्बप्रथम सबै भन्दा बढी मूल्य कबुल गर्नेलाई सेयर बाँडफाँट गरिने छ भने त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेलाई सेयर बाँडफाँट गरिने छ ।

सेयर लिलाम प्रक्रियाको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । क्यापिटलको कार्यालय नक्साल तथा सिद्धार्थ बैंकको शाखाहरु बिराटनगर, बिर्तामोड, बिरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुंग, बुटवल , घोराही, नेपालगंज, सुर्खेत, धनगडी र महेन्द्र नगर शाखाबाट बोलपत्र आवेदन बुझाउन र भर्न सकिने छ ।

Advertisement

कम्पनीले साउन १८ गतेदेखि भदौ ७ गतेसम्म हकप्रद बिक्री खुला गरेको थियो। सो सेयरमा पर्याप्त आवेदन नपरेकाले पुन: बिक्री खुलाइएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री