अझै सिन्डिकेटको बेथिति : समितिको सम्पत्ति सीमित व्यक्तिका नाममा

सार्वजनिक यातायातका समितिहरूका नाममा रहेको चल अचल सम्पत्ति तत्कालीन समितिका पदाधिकारीले कम्पनी खडा गरी सीमित व्यक्तिको अधीनमा ल्याएका छन्। पाँच वर्षअघिको त्यस्तो काम अहिले थाहा पाएर यातायात व्यवसायीले खोजी गर्न थालेका छन्।

Advertisement

सार्वजनिक यातायातका सिन्डिकेट पाँच वर्षअघि हटाउँदा सरकारले समितिहरूलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्प दिएको थियो। त्यसैको सुविधा उपयोग गर्दै समितिका पदाधिकारीले सदस्यहरूलाई थाहै नदिई सम्पूर्ण चल अचल सम्पत्ति पदाधिकारीका नाममा दर्ता गराएको गुनासो व्यवसायी सदस्यहरूको छ।

तत्कालीन यातायात सेवा समितिमा एक गाडी एक मताधिकार हुन्थ्यो। अनि समितिको चल अचल सम्पत्तिमा पनि सबै व्यवसायीको समान हक लाग्थ्यो। सयौँ व्यवसायीले दुःख–कष्ट सहेर जोडेको सम्पत्तिमाथि केही व्यक्तिको मात्रै भोगाधिकार रहेकोबारे व्यवसायीले पाँच वर्षपछि मात्रै जानकारी पाएको बताएका छन्। सेवा समितिलाई यातायात कम्पनीमा रूपान्तरण गर्दा तत्कालीन पदाधिकारीकै नाममा साबिकको सम्पत्ति स्थानान्तरण गरेर कम्पनी दर्ता भएका छन्। कोटेश्वर पूर्व जाने करिब एक दर्जन यातायात सेवा समिति कम्पनीमा रूपान्तरण हुँदा १० जनाभन्दा कम सदस्य राखिएको छ। काठमाडौँको कोटेश्वर पूर्व चल्ने तत्कालीन काभ्रे मिनिबस सेवा समितिका १८० वटा गाडी अहिले पनि नियमित सञ्चालनमा छन्। आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री