आइतबार, २२ असार २०८२

जे.सि.बि. को १० हजार मेसिन बिक्री

समयपोष्ट २०७९ भदौ २४ गते १६:५९

Advertisement

नेपालका लागि जे.सि.बि. मेसिनको आधिकारिक विक्रेता एम.ए. डब्लयू. अर्थमुर्भस प्रा.लि. ले नेपालमा १० हजार मेसिन बिक्री गरेर नेपालको कन्स्ट्रक्सन तथा हेभी इक्युप्मेन्ट क्षेत्रमा नयाँ प्रतिबिम्भ स्थापना गर्न सफल भएको छ ।

जे.सि.बि. इन्डियाका सिइओ र एम डि दिपक सेठी, एम ए डब्लु अर्थमुभर्सका एम डि बिष्णु कुमार अग्रवाल र एम ए डब्लु अर्थमुभर्सका इ डि र सि इ ओ गोपाल कुमार अग्रवालले कालिका कन्स्ट्रक्सन्का एम डि निकोलस पान्डेलाई १०,००० मेसिनको चाबि हस्तान्तरण गर्नुभयो । एम ए डब्लु जे सि बि ले १०,००० मेसिनको रुपमा जे सि बि टेलिह्यन्ड्लर बिक्री गरेको हो ।

उक्त १० हजार मेसिनको चाबि हस्तान्तरण अवसरमा जे.सि.बि. इन्डियाका सि.ई.ओ.एण्ड एम.डि. दिपक सुठीले नेपालको जे.सि.बि. डिलर सदैव ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकता राख्ने गरेकै कारण दक्षिण एसियामा नम्बर १ रहेको दाबी गर्नुभयो ।

हाल एम.ए.डब्लु. अर्थमुर्भसले प्रदान गरेको सेवा सुविधामा थप आवश्यक मद्दत परेको खण्डमा सदैव जे.सि.बि. इन्डिया सहयोग गर्न तत्पर रहेको जानकारी गराउँनु भयो । १० हजार जे.सि.बि.को चाबी ग्रहण गदै कालिका कन्स्ट्क्सन प्रा.लि.का एम.डी.
निकोलस पाण्डेले जे.सि.बि.ले दिने सेवा सुविधाका कारण आफ्नो कम्पनीको पहिलो रोजाई नै जे.सि.बि. भएको वताउनुभयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री