शनिबार, ५ जेठ २०८१

सगरमाथा र माईखोला हाइड्रोले आइपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा दिए निवेदन

समयपोष्ट २०७९ भदौ २४ गते १२:०४

Advertisement

सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले साधारण सेयर जारी गर्ने भएका छन् ।

दुवै कम्पनीले ७४ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

यी कम्पनीले ७४ करोड रुपैयाँ बराबरको ७४ लाख कित्ता सेयर अंकित मूल्यमा जारी गर्नेछन्।

सगरमाथाले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि कुल ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । त्यस्तै माईखोलाले १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।

Advertisement

सगरमाथाले इलाम जिल्लामा रहेको माई नदीको पानी प्रयोग गर्न सुपर माई ‘ए’ हाइड्रोपावर आयोजना निर्माण गर्दैछ। आयोजनाको क्षमता ९.९ मेगावाट हो।

यस्तै, माईखोला हाइड्रोपावरले पनि इलाममा ३ मेगावाटको सुपर माई क्यासकेड आयोजना निर्माण गर्दैछ।

सगरमाथाले भदौ ९ गते बोर्डमा आवेदन दिएको हो भने माईखोलाले भने भदौ २२ गते आवेदन दिएको हो ।

दुवै कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री