मंगलबार, २५ वैशाख २०८१

आज बजारमा २० अर्ब पठाउँदै राष्ट्र बैंक

समयपोष्ट २०७९ भदौ २३ गते १२:०२

Advertisement

नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ ।

बैंकले आज १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । केन्द्रीय बैंकले रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।

बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले न्युनतम १० करोडदेखि बोलकबोल गरेर प्रक्रियामा सहभागी हुन सक्ने छन् ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ः १५ बजेसम्म बैंकद्वारा जारी गर्ने रिपोका लागि आवेदन दिन सक्नेछन् ।

Advertisement

राष्ट्र बैंकले बजारमा तरलता अभाव भएका बेला रिपोमार्फत बैंक तथा वित्तीय संस्थालाई अल्पकालीन कर्जा सापटी दिने गर्छ भने बजारमा अधिक तरलता भएको बेला रिभर्स रिपोमार्फत पुनः पैसा उठाउने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री