आगामी निजामती सेवा दिवससम्म संघीय निजामती सेवा ऐन आउँछ : उप-सभामुख भुसाल


अशोक खनाल

उपसभामुख पुष्पा भुसालले अर्को भदौ २२ गतेसम्म संघीय निजामती सेवा ऐन आउने बताएकी छन् ।

Advertisement

बुधबार निजामती सेवा दिवस २०७९ को अवसरमा सन्धिखर्कमा आयोजित शुभकामना आदान प्रदान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख भुसालले पावर शेयरिङ्गको विषयलाई मजवुत र व्यवस्थित बनाउन पनि संघीय निजामती सेवा ऐन आउनु पर्ने बताईन् ।

संघीयता कार्यान्वयनको एक खम्बा प्रशासनिक संघीयता भएको उल्लेख गर्दै उपसभामुख भुसालले संघीय निजामती सेवा ऐन नआउँदा संविधान कार्यान्वयनमा समेत बाधा पुगेको बताईन् ।

सार्क राष्ट्रमा सबै भन्दा कम तलब भएको मुलुक नै नेपाल भएको भन्दै शुशासन र विकासमा टेवा पुर्याउनको लागि कर्मचारीहरुलाई काम अनुसारको सेवा सुविधा आवश्यक रहेको बताईन् ।

कार्यक्रममा कर्मचारी मिलन केन्द्रका अध्यक्ष सन्तोष खनाल, आधिकारीक ट्रेड युनियनका अध्यक्ष कृष्ण वर्मा, सन्धिखर्क नगरपालिकका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले कर्मचारीहरुलाई मन्तब्यमार्फत शुभकामना व्यक्त गरेका थिए ।

Advertisement

 

कार्यक्रममा निजामती सेवा दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेको अध्यक्षता, उप-सभामुख पुष्पा भुसालको प्रमुख आतिथ्यता र मिलन केन्द्रका सचिव गणेशराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

सोही अवसरमा जिल्लाको भुमिकास्थान नगरपालिकाले समेत एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा उपसभामुख भुसालले भुमिकास्थान नगरपालिकाले गरेका कार्यहरुको प्रशंसा गर्दै आफुले नगरपालिकालाई आवश्यक कुनै पनि सहयोग उपलब्ध गराउँने प्रतिबद्धता व्यक्त गरिन् ।

सोही कार्यक्रममा बोल्दै बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले कर्मचारी प्रशासन राम्रो हुनुपर्ने बताए । उनले यसलाई नियमन गर्ने कानुनको अभावमा धेरै समस्या झेल्नु परेको समेत उल्लेख गरे ।

 

कार्यक्रमा आधिकारीक ट्रेड युनियनका अध्यक्ष कृष्ण वर्मा, नगर उप-प्रमुख बालकृष्ण बन्जाडे, नगरप्रमुख झविलाल थापा लगायले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद पोखरेलको अध्यक्षता र शेषकान्त घिमिरे ओशनको संचालनमा नुवाकोटको पोखेडाँडामा संचालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री