सुजुकीको दशै/तिहार योजना : पुरानो मोटरसाइकलसँग नयाँ साट्ने सुविधा, नयाँ खरिदमा १० हजार रुपैयाँ नगद छुट
नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको आधिकारीक विक्रेता भीजी सुजुकीले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ ।
कम्पनीले एकै पटक दुई स्कीम महा एक्सचेन्ज र दशैंको धनराशी स्कीम योजना सार्वजनिक गरेको हो ।
कम्पनीले ल्याएको सुजुकी महा एक्सचेन्ज योजनामा ग्राहकले आफ्नो कुनैपनि पुरानो मोटरसाइकलसँग सुजुकीको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकको पुरानो मोटरसाइकलको बजार मूल्याङ्कनमा १२ हजार थप मूल्य दिइने छ । यो स्कीममा ग्राहकले सजिलै फाइनान्स सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै दशै स्कीम अन्तर्गत ग्राहकले मोटरसइकल तथा स्कुटर खरिद गर्दा १० हजार रुपैयाँ नगद छुट तथा तथा १ वर्षको वार्षिक कर उपलब्ध गराउने छ । यो स्कीम अन्तर्गत पनि एक्सचेन्ज तथा फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले ल्याएको दशैं स्कीम नेपालभर रहेको सुजुकीको आधिकारीक शोरुममा उपलब्ध हुनेछ ।
प्रतिक्रिया