शनिबार, ५ जेठ २०८१

सनराइज बैंकले ल्यायो १५ गुणासम्म प्रतिफल दिने गज्जबको मुद्दती खाता

समयपोष्ट २०७९ भदौ १७ गते २१:१३

Advertisement

सनराइज बैंकले आफ्ना ग्राहकहहरुको आवश्यकतालाई मध्यनजर गर्दै १५ गुणासम्मको प्रतिफल दिने गज्जबको मुद्दती खाता ल्याएको छ ।

सनराइज गज्जबको मुद्दती खाता नाम दिइएको उक्त खातामा तोकिएको समयसम्म मुद्दती गरिएको रकमको ५ गुणा देखि १५ गुणा सम्मरकम प्राप्त गर्न सकिन्छ ।

१४ वर्ष ८ महिनामा मुद्दती रकम ५ गुणा हुने, २० वर्ष ११ महिनामा मुद्दती रकम १० गुणा हुने र २४ वर्ष ७ महिनामा मुद्दती रकम १५ गुणा हुने बैंकले जनाएको छ ।

यस योजनामा सहभागी हुन न्युनतम रु २५,००० रकम मुद्दती गर्नुपर्ने छ । उक्त योजनाको अवधिमा पैसा आवश्यक परे जम्मा भएको रकमको ९० प्रतिशत सम्म कर्जा समेत लिन सकिने बैंकले जनाएको छ । यस योजनामा सहभागी हुने ग्राहकहरुलाई बैंकले रु ५ लाख सम्मको क्रेडिट कार्डको जारी शुल्क र लकर शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

Advertisement

हाल बैंकले १३९ वटा शाखा, ९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री