बिहीबार, २६ असार २०८२

दमकमा अग्नि ग्रुपको नयाँ २ एस सर्भिस सेन्टर

समयपोष्ट २०७९ भदौ १६ गते १८:५९

Advertisement

नेपालका लागि महिन्द्रा फोर ह्विलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुपले सेवाग्राहीहरुको सुविधाका निम्ति दमकमा २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

दमकमा हाल सञ्चालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीको लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो ।

२ एस सर्भिस सेन्टरको उद्घाटनमा दमक नगरपालिकाका मेयर राम थापा, उप–मेयर रेगिना भट्टराई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठु, अग्नि ग्रुपका प्रबन्ध निर्देशक– क्याबिनेट श्रेष्ठ, कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री