आइतबार, २३ वैशाख २०८१

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

समयपोष्ट २०७९ भदौ १६ गते ७:५६

Advertisement

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर बाँडफाँट गरेको छ ।

बुधबार कम्पनीले साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर निष्काशन गरेको थियो। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सोही शेयर कम्पनीले बुधबार बाँडफाँट गरेको हो।

आंशिक रुपमा बाँडफाँटमा परेको वा बाँडफाँटमा नपरेको शेयर बापतको रकम भदौ २० गते, सोमबारदेखि आवेदकहरुले दरखास्त फाराममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री