शनिबार, १५ वैशाख २०८१

कोका–कोलाको दशैं अभियान “धन्याबाद”

समयपोष्ट २०७८ असोज १४ गते ९:५३

Advertisement

कोका कोलाले यस वर्षको दशैं अभियान अन्तर्गत कोरोना महामारीको चुनौतीपूर्ण समयमा सकारात्मक प्रभाव पार्ने व्यक्तिहरुलाई “धन्याबाद” लेबल गरिएका कोकको बोतलहरु बाँड्न प्रोत्साहित गर्ने भएको छ ।

कम्पनीका अनुसार कोरोना महामारीका कठिन पलहरुमा साथीहरु, परिवार र फ्रन्टलाइन कामदारहरु आशा र समर्थन प्रदान गर्नेहरुलाई लक्षित गर्दै कोका–कोलाले यस पालिको दसैं अभियान “धन्यबाद” शब्दलाई केन्द्रित गरी प्रस्तुत गरेको हो।

यसको मुख्य आशय भनेको कोरोना महामारीको कठिन समयमा साथीको रुपमा रहेका व्यक्तिहरुलाई धन्यवाद प्रकट गर्नु रहेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ। कोका–कोलाले धन्यवाद प्रकट गर्न ८ वटा नयाँ लेबल प्रस्तुत गरेको छ । यसमा आमा, बुबा, दाइ, भाइ, दिदी, बहिनी, साथी, र सेवाकर्मी हरु रहेका छन् । नियमित कोकका लेबलहरुलाई धन्यवाद लेखिएको लेबलले साँटिएको कम्पनीले जनाएको छ।बिगत ५ बर्षदेखि कोका–कोलाले ग्लोबल “सेयर ए कोक” अभियान अन्तर्गत बिभिन्न इनोभेटिभ विषयवस्तुहरु प्रस्तुत गर्दै “मन खोलौं कोकसँग” को रुपमा स्थानीयकरण गरेको थियो।

यो अभियान सम्बन्धहरुलाई नजिक ल्याउनमा केन्द्रित रहेको थियो । यस वर्ष भने कोकले व्यक्तिगत रुपमा कृतज्ञा प्रकट गर्नेतर्फ एक कदम अगाडि बढाएको कम्पनीले जनाएको छ । कोका–कोलाले आयोजना गरेको कार्यक्रममा नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले नयाँ अभियानबारे भने, “कोका–कोलाले यसपालीको दशैँ उपभोक्ताहरुलाई महामारीको समयमा उनीहरुलाई प्रोत्साहित र प्रेरित गर्ने परिवारको सदस्यहरु र साथीहरु प्रति हार्दिक आभार व्यक्त गर्दै मनाउन प्रेरित गरेको छ ।”

कार्यक्रममा बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने-“हामी खुशी छौँ कि हामीले यस पर्वको मौसममा हाम्रा नयाँ कोक बोतलहरुको माध्यमबाट हाम्रा फ्रन्टलाइन नायकहरु, परिवार र साथीहरु प्रति सम्पूर्ण देशको कृतज्ञता व्यक्त गर्न सक्षम भएका छौं।’

कार्यक्रममा कोका–कोलाले कोभिड १९ को बिरुद्ध समाजको लागि सुरक्षा प्रदान गरेका र लडेका विभिन्न क्षेत्रहरुका ८ जना अग्रपङ्तिमा रहेकाहरुलाई सम्मान समेत गरेको थियो। कम्पनीले अभिनेत्री स्वस्तिमा खड्कालाई कोका–कोलाको नयाँ ब्रान्ड एम्बेसडरको रूपमा समेत घोषणा गरेको छ। नयाँ कोका–कोलाको दशैं टिभिसीमा गायक सुशान्त केसीको “धन्यवाद” शीर्षकको गीत समावेश रहेको कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री