शुक्रबार, ४ जेठ २०८१

५० अंकले बढ्यो सेयर बजार

समयपोष्ट २०७८ असोज १३ गते १६:०७

Advertisement

सेयर बजार बुधबार ५० अंकले बढेको छ ।

आज नेप्से परिसुचक ५०.५८ अंक बढेर २६६५.९३ विन्दुमा पुगेको छ।

आज सबैजसो उपसमूह धनात्मक (पोजेटिभ) भएर सेयर बजारमा नै हरियाली छाएको दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ८.५८ अंकले बढेर ५०३.४६ विन्दुमा उक्लिएको छ ।

यस दिन सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक अधिकतम ४.८७ प्रतिशतले वृद्धि भएको छ । जबकी मंगलबार सोही समूह उपसूचक सबैभन्दा बढी ७.३७ प्रतिशतले घट्न पुगेको थियो ।

Advertisement

यस्तै आज हाइड्रोपावर समूहले ४.२२ प्रतिशतले बढेको छ भने, विकास बैंकको ३.१८ प्रतिशतले र इन्भेष्टमेन्ट समूहको २.३२ प्रतिशतले वृद्धि भएको छ ।

यस दिन सबै भन्दा बढी कमाउनेमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र अपीपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसले अधिकतम १० प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा मेगा बैंक लिमिटेडका लगानीकर्ता रहेका छन् । मेगा बैंकका सेयरधनीहरूले आज ३.९२ प्रतिशतले गुमाएका छन् ।
यद्यपि, ५० अंक माथिले बढेको बजारमा कारोबार रकम भने ५ अर्बमा सीमित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री