शुक्रबार, १६ चैत २०८०

केन्द्रीय कमिटी बैठकमा गएनन् भीम रावल

समयपोष्ट २०७८ असोज १० गते १५:२४

Advertisement

नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा आज उपाध्यक्ष भीम रावल उपस्थित भएनन् ।

आइतबार विहान ११ बजेबाट सुरु भएको बैठकमा रावल अनुपस्थित भएका हुन् । रावलले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्ट जनाउँदै आएका थिए ।

शुक्रबारदेखि सुरु भएको बैठकमा आगामी असोज १५–१७ गते हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल भएको थियो ।

१० वटा समूह बनाएर उक्त प्रतिवेदनबारे सुझाव आएको थियो । आजको बैठकमा १० वटा समूहबाट आएका सुझावमाथि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री