शुक्रबार, १४ वैशाख २०८१

यो दिशामा फर्किएर कहिले नबनाउनुहोस् खाना, ब्यापारिक घाटा देखि घरमा सधै हुन्छ कलह

समयपोष्ट २०७८ असोज ९ गते १३:०५

Advertisement

वास्तुशास्त्रका अनुसार घरमा भान्सा कोठा बनाउँदा निकै नै ध्यान पुर्याउनुपर्छ ।

भान्सा कोठा यसरी बनाउनुपर्छ ताकि खाना बनाउँदा उचित दिशातर्फ फकिएर बनाउन सकियोस् । वास्तुका अनुसार उत्तर दिशा तर्फ फर्किएर खाना पकाउनाले व्यवसायमा घाटा लाग्छ । साथै धन सम्पतिमा नोक्सानी भोग्नु पर्ने हुन्छ। दक्षिण पश्चिम दिशा तर्फ फर्किएर खाना बनाउदा घरको सुख शान्ति भङ्ग हुन्छ। घरमा लडाई झगडा हुने सम्भावना बढ्छ।

पश्चिम दिशा तर्फ फर्केर खाना बनाउदा घरका सदस्यको अनुहार र हड्डी सम्बन्धि रोग हुने डर हुन्छ । दक्षिण दिशा पट्टि फर्किएर खाना पकाउदा घरका महिलाहरुले अनेकौ शारीरिक समस्या भोग्नु पर्ने हुन्छ।

वास्तुशास्त्रअनुसार घरमा सुख शान्ति बचाई राख्न र रोगहरुबाट बच्नको लागि पुर्व दिशा तर्फ फर्केर खाना बनाउनु उत्तम मानिन्छ।

किचेनको झ्याल यदि पुर्व दिशा पट्टि छन् भने वास्तुशास्त्र अनुसार एकदम राम्रो मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री