शुक्रबार, १४ वैशाख २०८१

सगरमाथा बेसक्याम्‍पमा फेसन सो : क्याप्टेन लामाको र्‍याम्प वाक, दुई देशका राजकुमारीसहित १४ सुपरमोडल सहभागी

समयपोष्ट २०७८ असोज ७ गते १३:०२

Advertisement

सगरमाथाको आधार शिविरमा आज फेसन सो हुने भएको छ ।

फेसन शोमा नेदरल्याण्डी राजकुमारी एलिसा क्याटेरिना इगर र इटालीका राजकुमार कोसिमो मारिया डे मेडिसी डी टोसकाना डी ओटाजानो सहभागी हुने भएका छन्।

फेसन सोको उद्देश्य हिमालको संरक्षण गर्ने विषयमा तथा जैविक संरक्षण गर्न विश्‍वको ध्यानाकर्षण गर्नु रहेको जनाइएको छ ।

फेसन शोमा विश्‍वका चर्चित १४ जना सुपरमोडलले भाग लिने भएका छन् । इटाली, डेनमार्क, बेलायत, पोल्यान्ड, रसिया, नेदरल्यान्ड, नेपाल र फिनल्यान्डका सुपर मोडलहरु सहभागि भएका छन् । सोही फेसन शोमा क्याप्टेन विजय लामाले र्‍याम्प वाक गर्ने भएका छन्।

कोभिड-१९ महामारीले पर्यटन क्षेत्रमा परेको असरलाई फेसन सोले पर्यटक आगमनमा थप प्रोत्साहन गर्ने आयोजकले विश्‍वास गरेको छ। नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा हुन लागेको कार्यक्रम कासा बुटिक डिजाइन, आरबी डायमन्ड र के फिल्मसले आयोजना गर्न लागेका हुन्।

संसारकै उच्चस्थानमा आयोजना गरिने फेसन सोको रुपमा केही वर्षअघि कीर्तिमान राखेको उक्त सोको दोस्रो संस्करण आयोजना हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री