शुक्रबार, १६ चैत २०८०

भूलेर पनि नलगाउनुस् यी तीन बार तेल

समयपोष्ट २०७८ असोज ६ गते २१:१३

Advertisement

हामी शरीर र कपालमा तेल लगाउन र मसाज गर्न मन पराउँछौ । तर हप्ताका सातै दिन यसो गर्नु उचित होइन।

ज्योतिष शास्त्रका अनुसार सोमबार तेल लगाउँदा अनुहारमा कान्ति आउछ। कपालमा पनि सोमबार तेल लगाउनु उत्तम मानिन्छ।मंगलबार तेल लगाउँदा विरामी पर्ने सम्भावना हुन्छ।

मंगलबार भुलेर पनि तेल नलगाउनुस् यसो गर्नु भो भने तपाइँ आफै वा परिवारका सदस्य विरामी पर्न सक्छन्। बुधबार तेल लगाउँदा सौभाग्य र सुन्दरता बढ्ने विश्वास ज्योतिष शास्त्रको छ । बुधबार तेल लगाउनका लागि उत्तम दिन हो।

विहीबार भुलेर पनि तेल नलगाउनुस्। विहीबार तेल लगाउँदा विपन्नताले घेर्ने विश्वास छ। विहीबार तेल लगाउनेहरु गरीब हुन्छन्।शुक्रबार पनि तेल नलगाउनुस्। शुक्रबार तेल लगाउँदा पनि ठूलै नोक्शानी ब्यहोर्नु पर्नै ज्योतिष शास्त्रको विश्वास छ।

शनिबार तेल लगाउनु साताकै सबैभन्दा उत्तम मानिन्छ । यो दिन तेल लगाउँदा घरमा सुख शान्ति र स्वास्थ्यले बास गर्ने ज्योतिष शास्त्रको दावी छ। सातामा तेल लगाउनका लागि शनिबार सबैभन्दा उत्तम दिन मानिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री