बिहीबार, १३ वैशाख २०८१

फुटाइयो नगरपालिकामा लगाइको ताला

समयपोष्ट २०७८ असोज ३ गते १५:१५

Advertisement

विभिन्न माग गर्दै स्थानीयवासीले सिरहाको कल्याणपुर नगरपालिकामा लगाएको ताला फुटाइएको छ ।

नगरपालिकाबाट भएको कामकाज र त्यसमा भएको खर्चको हिसाब पटकपटक माग गर्दै आए पनि सुनुवाइ नभएपछि गत बिहीबार स्थानीयवासीले नगरपालिकामा चौंथो पटक तालाबन्दी गरेका थिए । स्थानीयवासीले नगरपालिकामा लगाएको ताला कार्यवाहक नगरप्रमुख रोहिणीकुमारी यादव र उहाँका श्रीमान् सञ्जीवकुमार यादवले फुटाइदिएको स्थानीयवासी प्रदीप साहले जानकारी दिनुभयो ।

आफूहरुले उठाएका मागको कुनै सम्बोधन नै नगरी जबर्जस्ती ताला फुटाएकाले स्थानीयवासीले कार्यवाहक नगरप्रमुख यादवविरुद्ध केहीबेर नाराबाजीसमेत गरेका थिए । नगरपालिकामा व्यापक अनियमितता भएको र विभिन्न विकास निर्माणका काममा भएको प्रगति र गरिएको लगानीका बारेमा सूचना माग गर्दासमेत सूचना नदिएको स्थानीयवासीको आरोप छ ।

यसअघि पनि पटकपटक स्थानीयवासीले हिसाब सार्वजनिक गर्नुपर्नेलगायत मागसहित तालाबन्दी गरेका थिए । घुस प्रकरणमा सो नगरपालिकाका नगरप्रमुख सूर्यनाथ मण्डल निलम्बनमा परेपछि उपप्रमुख यादवले कार्यवाहक नगरप्रमुखका रुपमा कार्य सम्हाल्दै आउनुभएको छ ।

कार्यवाहक नगरप्रमुख यादवले स्थानीयवासीले उठाएका माग एक÷दुई दिनभित्रै सम्बोधन गरी समस्या समाधान गरिने बताउनुभयो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री