बिहीबार, १३ वैशाख २०८१

‘टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा शुरु

समयपोष्ट २०७८ असोज १ गते १७:३३


काठमाडौंको भृकुटीमण्डपमा आजबाट टीभीएसको एक्सचेन्ज मेला शुरु भएको छ ।

Advertisement

नेपालका लागि टीभीएस मोटसाइकलको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले दशैं तिहारलाई लक्षित गरेर ‘टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेला’ शुरु गरेको हो ।

मेलाका समुद्धघाटन शुक्रबार शंकर ग्रुप तथा जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले गरे ।

असोज ६ गतेसम्म सञ्चालन हुने मेलामा मोटरसाइकल तथा स्कुटर खरीदमा बम्पर छुटसँगै नगद उपहार र एक्सचेन्ज सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त योजनामा मोटरसाइकल खरिद गर्ने तथा एक्सचेन्ज गर्ने ग्राहकले डाउन पेमेन्ट गर्नुपर्ने छैन । पुरानो मोटरसाइकल एक्सचेन्जमा ग्राहकको मूल्याङ्कन भन्दा पनि १० हजार बढी पाउनेछन् । साथै डाउन पेमेन्ट गर्नु नपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकले मासिक किस्ता बापत शुन्य प्रतिशत ब्याजदरको सुविधामा मासिक मात्र ५ हजार ९९९ रुपैयाँ किस्ता तिरे हुनेछ ।

जुनसुकै अवस्थाको मोटरसाइकल एक्स्चेन्जमा ल्याउने ग्राहकले टीभीएसको मोटरसाइकल वा स्कुटर जे किन्न चाहेपनि डाउन पेमेन्ट वापत रकम थप गर्न नपर्ने जगदम्बा मोटर्सले बताएको छ ।

कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट पुर्याएर मोटरसाइकल किन्ने ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल दिने जनाएको छ । साथै,कम्पनीले एक्स्चेन्जमा मूल्यङ्कन भन्दा १० हजार थप एक्स्चेन्ज बोनस,दशैं स्कीमको स्क्र्याच कार्ड मार्फत किन्नुअघि १ लाखसम्म र किनेपछि १० लाखसम्म नगद छुट पाउने व्यवस्था समेत मिलाएको छ ।

प्रि बुकिङ गराएर जाने ग्राहकले २ हजार रुपैयाँ बराबरको एसोशरिज र टेष्ट ड्राइभमा उपहार समेत जित्ने मौका पाउने कम्पनीको भनाई छ । हाल टीभीएसले नेपाली बजारमा विभिन्न किसिमका मोटरसाइकल र स्कुटरको विक्री वितरण गर्दै आइरहेको छ भने पछिल्लो समय कम्पनीले नेपालमै एसेम्बलिङ प्लान्ट स्थापना गरि मोटरसाइकलको उत्पादन गर्ने चरणमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री