शुक्रबार, १४ वैशाख २०८१

फोटोन मोटर्सको सर्भिस नेटवर्क देशभर

समयपोष्ट २०७८ भदौ ३१ गते १६:०३

Advertisement

एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले आफ्नो सर्भिस नेटवर्क देशभरि विस्तार गरेको छ ।

“देशको अधिकांस ठाउँबाट ग्राहकले अव सेवा लिन पाउनेछन्, अव देशका २५ भन्दा बढी वर्कसप बाट ग्राहकले एक घण्टा भित्र सेवा पाउनेछन्” कम्पनिका सर्भिस हेड विदेश मान सिंह डंगोल थप्नु हुन्छ “एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालि ग्राहक संग निरन्तर सम्बन्ध राम्रो बनाई राख्न चाहन्छ। कम्पनि आउने बर्षमा पनि आक्रामकरुपमा सर्भिस नेटवर्क विस्तार गर्ने योजनामा रहेको उहाँले जानकारी दिनु भयो ।

ग्राहकले सर्भिस सम्बन्धि जानकारी ९८०२०५७७२१ र ९८६०२४३६१६ मा कल गरेर लिन सक्ने कम्पनीले जनाएको छ ।

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९(सिट क्षमताको भ्यान भ्यु सीएस२ एल र १६-सिट क्षमताको भ्यान भ्यु सीएस२ विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री