बुधबार, १२ वैशाख २०८१

यो समयमा कहिले नचढाउनुहोस् तुलसीमा जल, भित्रिन्छ दरिद्रता

समयपोष्ट २०७८ भदौ २८ गते १०:२७

Advertisement

शास्त्रका अनुसार कतिपय क्रियाकलाप साँझमा गर्न वर्जित गरिएको छ ।

साँझको समयमा तुलसीमा जल चढाउनु हुँदैन । यद्यपी तुलसीमा बत्ति बालिदिनु चाँहि शुभ मानिन्छ । यस्तो घरमा समृद्धी आउँछ ।

साँझमा कुचो लगाउनु हुँदैन । साँझमा बढार्दा घरको सकारात्मक उर्जा बाहिर जाने मानिन्छ । अनि दरिद्रता घरमा आउने मानिन्छ।

कसैलाई गाली गर्दा वा निन्दा गर्दा पनि साँझको समय खराव मानिन्छ । साँझको समय शुभ कामका लागि मात्र उपयुक्त मानिन्छ ।

साँझको समयमा घरमा फोहोर गर्नु हुँदैन । स्त्री पुरुष समगम पनि साँझको समयमा अनुपयुक्त मानिन्छ ।

क्रोध मानिसको सबैभन्दा ठूलो दुष्मन हो । क्रोध गर्ने मानिस आफै दुःखी हुन्छ । क्रोध साँझको समयमा अझै खराव मानिन्छ । यसले साँझको शुभ माहौल विगारिदिन्छ ।

पढाइका लागि विहानको समय उपयुक्त मानिन्छ । सन्ध्याको समयमा पढाइ गर्नु राम्रो मानिँदैन ।

साँझको समयमा कुनै खानेकुरा खान पनि उपयुक्त मानिँदैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री