शुक्रबार, ७ वैशाख २०८१

दुई पांग्रेमा १० प्रतिसत् अन्तशुल्क, सर्वसाधारण मारमा

समयपोष्ट २०७८ भदौ २७ गते १२:२८

Advertisement

सरकारले बजेट मार्फत अन्तशुल्क बृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत अन्त:शुल्क बढाएका हुन्।

सरकारले १ सय २५ सीसी नाघेको तर २ सय सिसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्त:शुल्क बृद्धि गरेको हो । यसअघि यस्तो मोटरसाइकलमा लागि ४० प्रतिशत मात्रै अन्तःशुल्क लाग्थ्यो । अब ५० प्रतिशत लाग्ने भएको छ ।

२ सय सीसी नाघेको तर २ सय ५० सीसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्तःशुल्क बढाएर ६० प्रतिशत अन्तःशुल्क कायम गरिएको छ ।

यसअघि यस्तो मोटरसाइकलमा ५० प्रतिशत मात्रै अन्तःशुल्क लाग्ने गरेको थियो । यस्तै, ५ सयदेखी ८ सय सीसी क्षमतासम्मका मोटरसाइकलको अन्तःशुल्कमा २० प्रतिशतको वृद्धि गरेको हो । यसअघि ८० प्रतिशत लाग्दै आएको कर बढाएर १०० प्रतिशत पुर्याइएको छ ।

‘कोभिड-१९ महामारीका वेला मध्यम वर्गको सबैभन्दा सुरक्षित सवारी साधन दुई पांग्रे सवारी साधनमा कर वृद्धि गर्नु जनभावना विपरितको कार्य हो’- नेपाल उद्योग परिसंघका अध्यक्ष तथा एम ए डब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले भने, ‘सामाजिक दुरी कायम गर्दै ब्यापार व्यवसाय गर्नुपर्ने यस परिस्थितीमा उपभोक्तालाई मार पर्ने गरि कर वृद्धि गर्ने सरकारको यो निर्णय गलत हो । यसलाई सच्याईनुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री