सोमबार, १५ मंसिर २०७७

ग्लोबल आइएमईले रिलायवल डेभलपमेन्ट बैंक एक्वायर गर्ने

समयपोष्ट २०७३ असोज १४ गते ८:३१

 

Advertisement


काठमाडौं। ग्लोबल आइएमई बैंकले रिलायवल डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ। बैंक एक्वायर गर्ने विषयमा शुक्रवार सम्झौता भएको हो।

रिलायवल डेभलपमेन्ट बैंक एक्वायर गरेपछि ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी आठ अर्व रुपैयाँ पुग्नेछ।

Advertisement

रिलायवल फाइनान्सन, शुभलक्ष्मी फाइनान्स र नेपाल कन्जुमर डेपलपमेन्ट बैंक मर्ज भएपछि रिलायवल डेभलपमेन्ट बैंक बनेको हो।

रिलायवल डेभलपमेन्ट बैंकसँग रेमिट्यान्स कारोवारको अनुभव छ।

रिलायवल माइक्रोफाइनान्स कम्पनी समेत भएको रिलायवल बैंकसँग चौथो त्रैमासको वित्तीय प्रतिवेदनअनुसार ७८ करोड ८० लाख रुपैयाँको चुक्ता पुँजी छ ।

सो बैंकसंग आठ अर्व २१ करोड रुपैयाँको निक्षेप र छ अर्व ९४ करोड रुपैयाँको कर्जा लगानी छ । साथै रिजर्भमा ३७ करोड रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षमा रिलायवलले २६ करोड ९० लाख रुपैयाँ खुद मुनाफा गरेको थियो। पश्चिम नेपालमा बढी शाखा सञ्जाल भएको रिलायवलसँग १७ वटा शाखा छन्। 

 ग्लोबल आइएमइ बैंकसँग अहिले छ अर्व १६ करोड रुपैयाँको चुक्ता पुँजी छ भने बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ।

 लाभांस वितरणपछि बैंकको चुक्तापुँजी सात अर्व १५ करोड रुपैयाँ हाराहारीमा पुग्नेछ।

ग्लोबल आइएमईले यसअघि कमर्ज एण्ड ट्रष्ट बैंकलाई मर्ज गरेको थियो। 

बैंकले लमजुङ कार्यक्षेत्र भएको प्यासिफिक डेभपलपेन्ट बैंक पनि एक्वायर गर्दैछ। यो बैंकसँग पनि दश करोड रुपैयाँको चुक्ता पुँजी छ।
 
दुई वटा विकास बैंक एक्वायर गरेपछि बैंकको चुक्ता पुँजी आठ अर्व रुपैयाँभन्दा माथि पुग्नेछ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री