शुक्रबार, ७ वैशाख २०८१

संविधान संशोधनको गृहकार्य अन्तिम विन्दुमा :मन्त्री निधि

समयपोष्ट २०७३ असोज १२ गते ९:०५


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनको गृहकार्य अन्तिम विन्दुमा पुगेको बताएका छन् । 

Advertisement

व्यवस्थापिका संसद अन्तर्गत राज्यव्यवस्था समितिमा सदस्यहरुले निर्वाचनको तयारीका सम्वन्धमा उठाएको प्रश्नहरुको जवाफ दिँदै उपप्रधानमन्त्री निधिले निर्वाचनका लागि राजनीतिक सहमति जुटाउन संविधान संशोधनको गृहकार्य भैरहेको बताएका हुन्  । 

उनले एमालेको पनि संविधान संशोधनका लागि भएको गृहकार्यमा सहमति रहेको बताए ।यस्तै  निर्वाचन कानुनको तर्जुमा पनि तिव्र गतिमा अगाडि बढाइएको मन्त्री निधि  जानकारी दिए ।

जवाफ दिने क्रममा मन्त्री निधिले स्थानीय तहको सिमांकन निर्धारण आयोगको मापदण्ड समेत परिर्वतन गरेको बताए । 

सबै राजनीतिक दलको साझा सहमति खोज्न इलाकालाई आधार मान्दा सजिलो हुन्छ भन्ने सोचले आयोगको मापदण्ड परिर्वतन गरेको उनले स्पष्ट पारे । 

मन्त्री निधिले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आयोगले काम गर्नुपर्ने संबैधानिक व्यवस्था भएकाले आयोगले त्यसै अनुसार काम गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री