मध्य मर्स्याङदी रोकेर माथिल्लो मर्स्याङदी किन्ने तयारी
निजी क्षेत्रबाट सञ्चालित माथिल्लो मस्र्याङदी ‘ए’आयोजनाबाट उत्पादित विजुली खरिद नगरे जरिवाना तिर्नुपर्ने भएपछि नेपाल विद्युत प्राधिरणले आफ्नै आयोजना मध्यमस्र्याङ्दीको उत्पादन रोकेर खरिद गर्ने भएको छ ।
माथिल्लो मस्र्याङदीको विद्युत खेर फाल्दा ८० प्रतिशत जरिवाना तिर्नुपर्ने भएपछि तत्कालका लागि मस्र्याङदी आयोजनाको एक युनिट बन्द गर्ने तयारी भइरहेको प्राधिकरण स्रोतले जनाएको छ । सयममै प्रसारणलाइन नबानाउँदा मस्र्याङदीको विद्युत खेर जाने अवस्था सिर्जना भएको छ । मध्य मस्याङदी तल्लो मस्र्याङदी प्रसारण लाइनको डबल सर्किटको काम सम्पन्न नभइसकेकोले सो लाइनबाट थप प्रसारणको सम्भावना छैन ।
‘अहिले वर्षा नसकिएकाले दुवै आयोजनको उत्पादन कम छैन, दुवैबाट उत्पादित विद्युतबाट थप बिजुली जानसक्ने अवस्था नभएकाले बिजुली खेर फाल्नुको विकल्प छैन्,’ प्राधिकरणका एक अधिकारीले भने । कारोबार दैनिक
प्रतिक्रिया