शुक्रबार, ७ वैशाख २०८१

माओवादीले उद्योग खोलेर विकासलाई तीब्र बनाउँछ : रामबहादुर थापा

समयपोष्ट २०७३ असोज ८ गते ४:२८

नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापाले माओवादी नेतृत्वको सरकारले देशमा औद्योगिक केन्द्र खोली देश विकासको कार्य द्रुत रुपमा अगाडि बढाउने बताएका छन । 
नेकपा (माओवादी केन्द्र) रसुवाको पाँचौँ जिल्ला सम्मेलनलाई शुक्रबार धुन्चेमा सम्बोधन गर्दै नेता थापाले देशको विकाससंगै न्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्दै थप प्रगाढ सम्बन्ध कायम गर्ने माओवादीका कार्यभार रहेका बताए । 
उनले वर्तमान सरकारको पाँचवटा अभिभारा भएको र ती ती शान्ति प्रक्रिया पूर्ण स्थापित गराउने, भूकम्प पछिको पुनःनिर्माण कार्यलाई द्रुत रुपमा अगाडि बढाउने र संविधानको कार्यान्वयन गराई केही समस्याको हल गर्न संविधान संशोधनको विधेयक तयार पार्ने रहेका बताए । 

Advertisement

उनले भूकम्पपीडित ग्रामीणवासीका लागि पुनःनिर्माणमा सहज पार्न आवास निर्माणको रकममा वृद्धि गरिसकेको बताउँदै उनले माओवादी केन्द्र सदैव जनहितकारी कार्यमा अगाडि बढ्ने दाबी गरे । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री