आइतबार, ९ कार्तिक २०७७

प्रधानमन्त्री आउँदा रातारात सडक दुरुस्त !

समयपोष्ट २०७३ असोज ८ गते ४:१५

मेलम्चीबाट जिरोकिलोसम्म दैनिकजसो मोटरसाइलमा ओहोरदोहोर गर्ने रेडियो मेलम्चीका पत्रकार देवराज सुवेदी शुक्रबार जिरो किलोदेखि मेलम्ची जाँदै गर्दा चकित परे ।

Advertisement

अघिल्लो दिनसम्म भैसी नै डुव्ने खाडल सडकमा भए पनि शु्क्रबार भने सडकमा कतै पनि खाडल भेटाएनन् उनले भने । रातारात ग्राभेल गरेर जिरो किलोदेखि मेलम्चीसम्मको सडक दुरुस्त पारिएको छ । सडक दुरुस्त बनाएपछि अखरु बेला मेलम्चीसम्म पुग्न तीन घण्टा बढी समय लाग्ने गरे पनि शुक्रबार भने उनी आधा घण्टामै पुगे ।

मेलम्ची पुगेपछि सुवेदी भन्दै थिए, ‘प्रधानमन्त्री आउँदा त सडक यस्तो भयो भने राष्ट्रपति आउँदा कस्तो होला ! सधै यस्तै भ्रमण भइरहोस् ।’ प्रधानमन्त्री प्रचण्ड मेलम्ची खानेपानीको स्थलगत अवलोकन गर्न भन्दै शुक्रबार त्यसतर्फ गएका थिए । राजधानी दैनिक

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री