बिहीबार, १३ वैशाख २०८१

यो वर्ष हामीले आइटी मै जोड दिन्छौं, हिमालयन बैंकका सिइओ,अशोकशमशेर राणाको अन्तर्वार्ता

समयपोष्ट २०७३ असोज ७ गते ४:३३

हिमालयन बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?
यो वर्षको नाफा नोक्सानको ब्यालेन्ससिट असाध्यै छ । नेट प्रफिटमा झन्डै ८९ प्रतिशत ग्रोथ छ ।  करिब ७३ करोड रुपैयाँ ब्याज आम्दानी बढेको छ । निक्षेप संकलन ८७ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाहमा पनि १४ अर्बले वृद्धि गर्दै ५५ अर्ब ४२ करोड रुयैयाँ पुगेको छ । 
नाफालाई भूकम्प र तराई आन्दोलनले कुनै प्रभाव पारेन ?
बैंकहरूमा यसको धेरै प्रभाव नभएकाले नै धेरै बैंकले राम्रो पर्फमेन्स दिए । जुन हाम्रो ग्राकह थिए, उनीहरूले इन्टेस्ट, प्रिन्सिपल सबै पेमेन्ट गरे । त्यसैले राम्रै भयो । 
बैंकहरू पुँजी वृद्धिका लागि धमाधम मर्जर प्रक्रियामा अगाडि बढेका छन् । तपाईंले पुँजी वृद्धि कसरी गर्दै हुनुहुन्छ ?
हामीले राष्ट्र बैंकसमक्ष पुँजी योजना बुझाइसकेको छ । पुँजी वृद्धि योजनामा हाम्रो मर्जर छैन । हामीले बोनस सेयर भनेको राइट सेयर निष्कासनबाट गर्दै छौं  । आठ अर्ब पुँजी चाहिनेमध्ये हाम्रो बैंकलाई नपुग्ने रकम भनेको एक अर्बमात्र हो । यसका लागि बैंकमा भइरहेका सेयर होल्डरबाटै राइट सेयर जारीमार्फत रकम उठाउने हाम्रो योजना छ । यो वर्षको प्रथम क्वाटरभित्रै बैंकमा भएका सेयर होल्डरबाट ६५ करोड उठ्छ र आगामी वर्ष राइट सेयर निष्कासनबाट ४० करोड उठ्छ । अरू आवश्यक रकमचाहिँ नाफाबाटै कभर हुन्छ । यसकारण हाम्रो बैंकलाई अर्को वर्षको असार मसान्तसम्ममा आठ अर्ब चुक्ता पुँजी पुर्याउनका लागि अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जानुपर्ने आवश्यक छैन । साथै भोलिका दिनमा मर्जरमा गइहाल्ने तत्कालीन कुनै योजना पनि छैन । मर्जरका लागि अन्य बैंक तथा फाइनान्सलाई पनि हामीले नहेरेको भने हैन । तर हाम्रोमात्र बैंक होला, जहाँ ८५ प्रतिशत सेयर होल्डर प्रोमोटर नै छन् । बाँकी १५ प्रतिशत सेयर होल्डरमात्र पब्लिक छन् । त्यसैले अहिले बैंकमा रहेका सेयर होल्डरबाटै राइट निष्कासनमार्फत पुँजी संकलन गर्ने हाम्रो बैंकको बोर्डको निर्णय हो ।

Advertisement

ashok-1

केन्द्रीय बैंकले चुक्ता पुँजी वृद्धिको योजना ल्याएको बैंकको संख्या घटाउनका लागि हो । तर, कमर्सियल बैंकको संख्या त खासै नघट्ने भयो हैन ?
हो, त्यही देखियो । अहिले कमर्सियल बैंकको संख्या २८ मा झरेको छ । ‘क’ वर्गकै बैंक घटाउने भन्ने थिएन । सबैभन्दा बढी विकृति देखिएको फाइनान्स र विकास बैंकमा हो । त्यसैले तिनीहरूको जसरी पनि संख्या घटाउने नै हो मुख्य उद्देश्य । तिनीहरूको संख्या घट्दै गएको छ ।
राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफरको व्यवस्था गरेको छ, यसले कत्तिको प्रभाव पार्छ ?
यो नराम्रो होइन । काउन्टर साइक्लिकल बफरले भोलि जस्तै रियल स्टेट फेरि बुम भयो, सेयर बजार केही दिनअघि ओरालो लाग्यो । यस्तै बबल आयो भने त्यसलाई काउन्टर गर्न काउन्टर साइक्लिकल बफर राष्ट्र बैंकले प्रयोग गर्न सक्छ । इकनमी धेरै तातिएर आयो, लोन बबलतिर गयो भने थप क्यापिटल राखेर अगाडि बढ भनेको हो । 

वाणिज्य बैंकलाई २ प्रतिशत विपन्नवर्ग कर्जा आफंै लगानी गर भनियो । यसमा वाणिज्य बैंकले असहमति जनाए । लगानी गर्न नसक्ने नै भएर हो ? 
राष्ट्र बैंकले विपन्न कर्जासम्बन्धी जुन नीति ल्याएको छ, यो नियम पालना गर्न हामीलाई धेरै मुस्किल छ । एक त हाम्रो ब्रान्च नेटवर्क कम छ । बैंकको एउटा शाखा खोल्नका लागि न्यूनतम ५० लाखको पुँजी खर्च हुन्छ । यसमा पिजिकल स्रोत तथा साधनमा लाग्ने खर्चमात्र हैन, बैंकको आन्तरिक खर्च आईटी इन्फ्रास्ट्रक्चर र कनेक्टिभिटीका लागि हुने खर्च अझ बढि हुन्छ । त्यस्तै शाखा स्थापना गरेको दुई वर्षजति त बैंक पूर्ण रूपमा घाटामा चल्नुपर्ने हुन्छ । अर्को कुरा बैंकको रोजाइमा परेका स्थानमा जहाँ पायो त्यहीं शाखा सञ्चालन गर्न पनि मिल्दैन । वाणिज्य बैंकले देशको दुर्गम क्षेत्रमा आफ्नो शाखा विस्तारमा ल्याउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । त्यस्ता दुर्गम क्षेत्रमा बैंकका लागि उपयुक्त बजार नै हुँदैन । हामीले लगानी गरेको लघुवित्त संस्थामा होलसेल लेन्डिङ गरेका थियौं । यसमा हाम्रो कुनै समस्याको विषय होइन । तर, एक वर्षभित्रमा २ प्रतिशत लगानी विपन्नवर्गका लागि गर्न वाणिज्य बैंकलाई गाह्रो हुन्छ । यसका लागि राष्ट्र बैंकले समय अवधि थप गरिदिनुपर्यो भन्ने हाम्रो माग हो । विपन्नवर्गमा गरिनुपर्ने लगानीका लागि थप समय दिएपश्चात बैंकहरूले गरेका लगानीका आधारमा यो नियम वाणिज्य बैंकले पालना गर्न सक्छन् या सक्दैनन् भन्ने विषयमा राष्ट्र बैंकलाई पनि अनुभव हुन्छ । साथसाथै राष्ट्र बैंकले ल्याएको योे नीति सफल हुन्छ या हुँदैन भन्नेबारे टुंगो लाग्छ । त्यसपछि मात्र यो नियम लागु गरौं भन्ने सुझाव राष्ट्र बैंकलाई छ ।
कृषि र ऊर्जामा १२ प्रतिशत गर्न नसकेको अवस्थामा १५ प्रतिशत भनिएको छ, यो लागु होला ?
हाम्रो बैंकले १२ प्रतिशत पुर्याएको छ । अब यसमा १५ प्रतिशत पुर्याउन हामीलाई असजिलो छैन । यो सकिन्छ तर अर्को विपन्नवर्ग कर्जा २ प्रतिशत आफैं गर्न सकिँदैन  ।
हिमालयन बैंकको अबको एक वर्षको योजना के–के छ ?
अहिले हाम्रो इन्टरनल कोर बैकिङ सफ्टवेयर अपग्रेट भइरहेको छ । मोबाइल बैंकिङका लागि इन्टरनल दिएको छ । इकमर्सको प्लेटफर्म आउन लागेको छ । अन्य कार्डको प्रडक्ट र रेमिट्यान्सको नेटवर्कलाई अलिकति डोमेस्टिक पेमेन्टसम्म लैजाने योजना छ । खासगरी अव हामीले आइटी मै बढी जोड दिने भनेका छौं । आईटीमै नयाँ प्रडक्ट ल्याउने हाम्रो योजनामा छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री