बुधबार, १२ वैशाख २०८१

गैरसरकारी संस्थाको कामप्रति प्रधानमन्त्री असन्तुष्ट

समयपोष्ट २०७३ असोज ६ गते ८:४४

प्रधानमन्त्री पुष्पकमल दाहालले गैरसरकारी संस्थाको कामप्रति असन्तुष्टि ब्यक्त गरेका छन । ३७औँ सामाजिक सेवा दिवस समारोहलाई सम्बोधन गर्दै उनले गैरसरकारी संस्थाको  पछाडि पारिएका वर्गको उत्थान गर्ने नारा बोक्ने गरे पनि यथार्थमा त्यस्तो नपाइने गरेको उनले बताए ।

Advertisement

‘नारामा पछि परेका वर्गको उत्थान तर भूमिगत रणनीति अर्कै हुन्छ भन्ने चर्चालाई गलत सावित गर्नुस्’ उनले भने ‘सामाजिक सेवा नै मूल उद्देश्य र मध्यम वर्गलाई रोजगारी दिने सहायक उद्देश्य बनाउनुहोस ।’

 उनले गैरसरकारी संस्थाको व्यापक वृद्धि साँच्चै सामाजिक सेवाका निम्ति भएको छ कि अरु कुनै अभिष्ट छ भन्ने प्रश्न उठ्ने गरेको बताए।
सामाजिक क्षेत्रको कार्यक्रम लक्षित वर्गमा केन्द्रित गरेर परिणाममुखी काम गर्नुपर्नेमा उनले जोड दिए ।
परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले मुलुक सङ्घीय संरचनामा गएकाले सोहीअनुसार सामाज कल्याण परिषद्ले पनि आफ्ना कामलाई विकेन्द्रीकरण गरेर अगाडि बढ्नका लागि निर्देशनदिए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री