सोमबार, ३० चैत २०७७

प्रधानमन्त्री दाहाल र विश्व बैंकका कन्ट्रि डाईरेक्टर फ्यानवीच भेटवार्ता

समयपोष्ट २०७३ असोज ६ गते ८:३४

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व बैंकका नेपाल, भुटान र बंगलादेशका कन्ट्री डाइरेक्टर क्युमियो फ्यानबीच भेटबार्ता भएको छ ।

Advertisement

बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले नेपालको आर्थिक विकासमा विश्व बैंकले गरेको सहयोगका लागि धन्यवाद दिए ।

भेटमा प्रधानमन्त्री दाहालले उच्च शिक्षा, भौतिक पूर्वाधार, स्वास्थ्य र भूकम्पको पूनर्निर्माणका क्षेत्रमा विश्व बैंकसँग साझेदारी गर्न नेपाल ईच्छुक रहेको बताए ।

Advertisement

प्रधानमन्त्री दाहालले भने, ‘विश्व बैंकले नेपालको भौतिक र मानवीय विकासका लागि गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छौं, नेपालको पूनर्निर्माण, उच्च शिक्षा, स्वास्थ्य, भौतिक विकासका लागि विश्व बैंकको थप सहयोग र साझेदारीका लागि नेपाल ईच्छुक रहेको छ ।’

प्रधानमन्त्री दाहालले भूकम्पको पूनर्निर्माण सम्बन्धि विश्व बैंकको नीतिमा सहजीकरण गरी नेपाल सरकारको पूर्वाधार विकासको नीतिअनकूल बनाउन पनि फ्यानसँग आग्रह गरेका थिए ।

भेटमा डाइरेक्टर फ्यानले नेपालको उर्जा, जलविद्युत्त, ट्रान्समिसन लाइन, सेलार लगायतका क्षेत्रमा विश्व बैंकको सहयोग रहने जानकारी दिँदै विश्व बैंकको अलावा आइडिए र आईएससीको नेपाललाई सहयोग रहने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री