आइतबार, ४ साउन २०८२

कतार एयरवेजलाई ‘बेष्ट अप इन दि एयर’उपाधी

समयपोष्ट २०७३ असोज ५ गते ४:४८

कतार एयरवेजलाई लास भेगासमा आयोजित फ्यूचर ट्राभल एक्सपेरियन्स ग्लोबल २०१६मा ‘बेष्ट अप इन दि एयर’उपाधीद्वारा सम्मानित गरिएको छ । अघिल्लो बर्षपनि कतार एयरवेजले यो उपाधी हात पारेको थियो । यात्रु अनुभवलाई उत्कृष्टता प्रदान गर्न निरन्तर रुपमा प्रतिबद्ध अग्रणी एयरलाइन्सलाई प्रोत्साहन गर्न यो अवार्ड प्रदान गरिएको हो ।

एयरबस ए३५०को सञ्चालन विश्वभर गर्ने पहिलो एयरलाइन, ओरेक्स वानको साथमा ईन फ्लाइट मनोरञ्जन प्रणालीलाई परिस्कृत गरेको, सबै फ्लिटमा अनबोर्ड वाईफाईको उपलब्धता, क्याविन क्रुको विकासका लागि गरिएको लगानी लगायत कुरालाई पनि अवार्डले विशेष मान्यता प्रदान गरेको जनाएको छ । ‘लगातार दोस्रो बर्षपनि उपधीद्वारा सम्मानित हुनपाउँदा हामीलाई निकै गर्व लागेको छ’ कतार एयरवेजका गु्रप चिप एक्जेक्यूटिभ अकबर अल बाकरले भने ‘यसको श्रेय हाम्रो सोचलाई सार्थकता प्रदान गर्न निरन्तर मेहेनत गर्ने हाम्रा समग्र क्रु मेम्बरलाई जान्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री