शनिबार, ८ वैशाख २०८१

हिमालय एयरलाइन्सले काठमाडौं कोलम्बो सीधा उडान गर्ने  १५ असोजबाट नियमित उडान सेवा सुरु 

समयपोष्ट २०७३ असोज ४ गते ९:२६

 

Advertisement

काठमाडौं । नेपाल चिन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले काठमाडौं कोलम्बो सीधा उडान गर्ने भएको छ ।

उडान सेवा यहि असोज १५ देखि नियमित हुने एयरलायन्सले जनाएको छ । 

८ विजनेस क्लास तथा १५० इकोनोमिक क्लास सहित १५८ सीट क्षमताको एयरलाइन्सको एयरबस ३२०–२१४ ले यो रुटको उडान गर्नेछ ।

 एयरलाइन्सले साताको तिन दिन मंगलबार,विहिबार र शनिवार नेपालको अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्नेछ । 

हिमालय एयरलाइन्सले अगष्ट २०१४ देखि दोहा,कतार उडान गरेर पहिलो अन्तराष्ट्रिय ब्यवसायिक उडान सुरु गरेको थियो ।

दोस्रो उडान कोलम्बोबाट सुरु गरेको केही महिनापछि दिल्ली,याङ्गोन,दमाम,,बेइजिंग,ल्हासा,चेंगदु,बैंकक,हङकङ,र दुवइमा उडान गर्ने  योजनामा रहेको एयरलाइन्सले जानकारी दिएको छ । 

आगामी पाँच वर्ष भित्र पन्ध्रवटा एयरवस जहाज ल्याएर काठमाडौंबाट  एसियाका विभिन्न गन्तब्य तथा अन्य मुलुकको विभिन्न शहरहरुमा उडान सञ्चालन गर्ने तयारी गरिरहेको एयरलाइन्सले जनाएको  छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री