शनिबार, ५ जेठ २०८१

रौतहटको चन्द्रपुरमा सानिमा बैंकको ८३ औँ शाखा सञ्चालनमा

समयपोष्ट २०७७ असोज १४ गते २०:५०

Advertisement

सानिमा बैंक लिमिटेडले रौतहटको चन्द्रपुर नगरपालिका वडा नं.४ मा ८३ औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको बुधबार चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले समुद्घाटन गरेका हुन् ।

जारी कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई शाखा संचालनमा आएकोमा मेयर चौधरीले बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न आग्रह गर्नुभयो ।

सो शाखा संचालनमा आएसँगै चन्द्रपुर र सो क्षेत्र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।

Advertisement

बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री