शनिबार, ५ जेठ २०८१

अजिरा विल्डर्सका ग्राहकलाई कामना सेवाले सरल तरिकाबाट घर कर्जा दिने

समयपोष्ट २०७७ असोज १४ गते १६:०५

Advertisement

कामना सेवा विकास बैंक लि. र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लिबीच व्यावसायिक सहकार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

समझदारी पत्रमा बुधबार बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अजिरा बिल्डर्सको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अनुप ढुङ्गानाले हस्ताक्षर गरे ।

सम्झौतापछि बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पलना गरी अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि. बाट सिफारिस भइ आएका ग्राहकहरुलाई बैंकले सरल तरिकाबाट आफ्ना १२४ वटै शाखाबाट घर कर्जा प्रदान गर्नेछ ।

यसबाट “आफ्नै व्यक्तिगत घर होस“ भन्ने सपना बोकेका ग्राहक महानुभावहरुको अभिलासा पुरा गर्न सहज हुने कुरामा आफु विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

Advertisement

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री