
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
उपत्यकासहित देशभर थप थप एक हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१२ हजार ९६२ वटा पीसीआर परीक्षण गर्दा एक हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको कुल संख्या ७०हजार ६१४ पुगेको छ ।
शुक्रबार थप एक हजार ५५ जना डिस्चार्ज भएका छन् । हालसम्म कुल डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ३ महिला र ३ पुरुष गरी ६ जनाको जनाको निधन भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।
हाल होम आईसोलेसनमा १० हजार ५२ जना छन् भने संस्थागत आईसोलेसनमा ८ हजार २३७ जना छन् । हालसम्म सक्रिय संक्रमित १८ हजार २८९ रहेको छ ।
हाल भ्यान्टिलेटरमा ३९ जना छन् भने आइ सि युमा २२७ जना संक्रमित छन् ।








प्रतिक्रिया