शुक्रबार, १४ वैशाख २०८१

उपत्यकामा ६४७ जनामा कोरोना संक्रमण

समयपोष्ट २०७७ असोज ६ गते १६:३६

Advertisement

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जनामा कोरोना पुष्टि भएको स्वास्थ तथा जनसंखया मन्त्रालयले जनाएको छ । यसैगरी उपत्यकासहित आज देशभर थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार १५४ वटा पीसीआर परीक्षण गर्दा १ हजार ३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको छ ।

यसैगरी कुल पीसीआर परीक्षण संख्या ९ लाख ३४ हजार ९७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै मृतककाे कुल संख्या ४२९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री