शनिबार, १५ वैशाख २०८१

डिशहोमको दशैंमा डवल धमाका

समयपोष्ट २०७७ असोज ५ गते ११:५३

Advertisement

डिशहोमले वडा दशैंको उपलक्ष्यमा “ डिश होममा डिलर दाईको डिष्काउण्ट” अफर अन्र्तगत २४ महिना रिचार्जमा डबल धमाकाअफर ल्याएको छ ।

अफर अन्र्तगत डिलर दाईमार्फत फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्दा विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्तहुनेछ भने २ बर्षे रिचार्ज विक्ली लक्की ड्रमामा डबल मौका प्राप्त हुनेछ ।

हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति रु एक/एकलाख नगद उपहार यस अफर मार्फत जित्नु हुनेछ ।

विक्ली लक्की ड्रको बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको क्यास आइ डि को आधारमा गरिन्छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सो केस च्यानल नम्बर १००, र रमाईलो टिभीमा लक्की ड्र को प्रत्यक्ष प्रशारण हुन्छ ।

अनलाइनमार्फत ५ हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराईने छ । फण्ड ट्रान्सफरबारे अधिकजानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री