बिहीबार, १५ चैत २०८०

२३ र २० वर्षका छोराहरुसहित एकै परिवारका चार जना झुन्डिएको अवस्थामा फेला

समयपोष्ट २०७७ असोज ४ गते १७:४५

Advertisement

२३ र २० वर्षका छोराहरुसहित एकै परिवारका चार जना झुण्डिएको अवस्थामा फेला परेका छन् । घटना भारत जयपुरस्थित कानोता इलाकाको हो ।

४५ वर्षकागहना व्यापारी यशवन्त सोनी, उनकी श्रीमती ४१ वर्षीया ममता, छोराहरु २३ वर्षका अजित र २० वर्षका भारत झुन्डिएको अवस्थामा फेला परेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रहरीको सुरुवाती अनुसन्धानअनुसार मृतक यशवन्तले ऋण लिएका थिए । ऋण माफियाहरुले उनलाई निरन्तर प्रताडित गरेका थिए । अन्तत बाध्य भएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । अहिले, यो परिवारको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । फरेन्सिक टिमले पनि चेकजाँच गर्दैछ ।

शनिबार परिवारलाई बाहिर नदेखेपछि नजिकै बस्ने गरेका आफन्त घरमा पुगेका थिए । ढोकाभित्रबाट लगाइएको थियो । उनीहरुले ढोकाढक्ढक्याउँदा कुनै आवाज आएन । त्यसपछि उनीहरुले झ्यालबाट चिहाएर हेर्दा पुरै परिवार झुन्डिएको अवस्थामा थियो । यसपछि उनीहरुले प्रहरीलाई सूचना दिए । प्रहरीका अनुसार तीन बाबुछोरा एउटै कोठामा झुन्डिएका थिए भने श्रीमती अर्कै कोठामा भुन्डिएकी थिइन् । श्रीमतीको आँखामा पट्टी थियो । दुबै छोराको खुट्टा बाँधिएको थियो ।

छिमेकीहरुका अनुसार राति केही मानिस घर आएका थिए । लेनदेनका विषयमा उनीहरुसँग केही विवाद चलेको सुनिएको थियो । तर त्यसपछिका घटनाक्रम कसैलाई थाहा भएन ।

यशवन्त गहनाको काम गर्थे । मिडिया रिपोर्टमा बताइएअनुसार प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ। यद्यपी, यसबारे प्रहरीले प्रतिक्रिया दिन अस्विकार गरेको छ । छोराहरुको खुट्टा र आमाको आँखामा पट्टी किन बाँधियो भन्ने विषयमा पनि प्रहरीले कुनै सुचनामा बाहिर ल्याएको छैन ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री