शुक्रबार, १४ कार्तिक २०७७

लिंकनको कपालको टुक्राको मुल्य ८१ हजार डलर

समयपोष्ट २०७७ असोज ४ गते १२:२१

Advertisement

सन् १८६५ मा हत्या गरिएका संयुक्त राज्य अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनको कपालको टुक्रा लिलाम भएको छ ।

लिंकनको शवको पोष्टमार्टका क्रममा काटेर निकालिएको उक्त कपालको झण्डै २ इन्च लामा टुक्राहरुको सानो मुठासँगै उनको हत्याका विषयमै लेखिएको टेलिग्राम पत्रको बोस्टोनमा हालै लिलामी गरिएको हो ।

Advertisement

उनको कपालको टुक्रा ८१ हजार अमेरिकी डलर (९५ लाख रुपैयाँ)मा बिक्री भएको सिएनएनले लेखेको छ । कपाल कसले किन्यो भन्ने खुलाइएको छैन ।

लिंकनको पोष्टमार्टमपछि उनको टाउकोबाट निकालिएका कपाल लिंकन पत्नी म्यारी टोड लिंकनका भतिजा डाक्टर लिम्यान बीचर टोडलाई दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री