शुक्रबार, ७ वैशाख २०८१

नबिल ईन्भेष्टमेन्ट बैंकिङले एक अर्बको सामुहिक लगानी कोषको इकाई निष्काशन

समयपोष्ट २०७३ असोज २ गते ६:३८


काठमाडौं । नबिल ईन्भेष्टमेन्ट बैंकिङले एक अर्बको सामुहिक लगानी कोषको इकाई निष्काशन गरेको छ । जसअन्तर्गत ८ करोड ५० लाख इकाई सर्वसाधारणले किन्न पाउने भएका छन् ।

Advertisement

नबिल बैंकका शाखाहरु र नबिल ईन्भेष्टमेन्ट बैंङ लिमिटेडको कार्यालय नारायणचौरबाट सर्बसाधारणले आबेदन पत्र प्राप्त गरी बुझाउनुपर्नेछ ।

नबिल बैंकको सहायक कम्पनी नबिल ईन्भेष्टमेन्ट बैंकिङले नबिल म्युचुअल फण्ड अन्तर्गत एक अर्बको सामुहिक लगानी कोषको इकाई निष्काशन गरेको हो । 

यस अन्तर्गत नबिल इक्विटी फण्डको प्रति इकाइ १० रुपैयाँ दरका १० करोड इकाइको आइतबारदेखि बिक्री खुलेको छ ।

कम्पनीले यो फण्ड छिटोमा असोज ६ गते र ढिलोमा असोज १६ गते बिक्री बन्द गरिसक्नेछ ।
उक्त फण्डमा लगानीकर्ताले एक करोड ईकाई अर्थात् १० करोड रुपैयाँसम्म लगानी गर्नसक्ने छन् ।
एक अर्बको सामुहिक लगानी कोषमा १५ प्रतिशत ईकाई कोष प्रबर्द्धकलाई छुट्याइएको छ । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री