शनिबार, ५ जेठ २०८१

ताप्लेजुङ्ग र कोहलपुरमा सानिमा बैंकको नयाँ शाखा विस्तार

समयपोष्ट २०७७ असोज १ गते १७:४३

Advertisement

सानिमा बैंक लिमिटेडले ताप्लेजुङ्ग र कोहलपुरमा ८१ औं र ८२ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

ताप्लेजुङ्ग जिल्ला, फुङलिङ्ग नगरपालिका–५ स्थित ताप्लेजुङ्ग शाखाको समुद्घाटन फुङलिङ्ग नगरपालिकाका मेय क्षेत्रपति प्याकुरेल र ताप्लेजुङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी जरेन्द्र चापागाईंले संयुक्त रुपमा गरेका छन् ।

यसैगरी बाँके जिल्ला, कोहलपुर नगरपालिका–११ एनटिभी रोडस्थित कोहलपुर शाखाको समुद्घाटन कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले संयुक्त रुपमा गरे । यी शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ । सानिमा बैंकले हाल ८२ वटा शाखा कार्यालय, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएममार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री