शुक्रबार, १६ चैत २०८०

जयालाई कंगनाको प्रश्नः तपाईंकी छोरी कुटिएकी भए, छोरा झुण्डिएको भए यस्तै भन्नुहुन्थ्यो ?

समयपोष्ट २०७७ भदौ ३१ गते १२:२५

Advertisement

 

अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या मामलामा ड्रग्स केस समेत जोडिएपछि बलिउडका बारेमा नयाँ नयाँ खुलासा हुँन थालेका छन् ।

सुशान्त मामलामा अभिनेत्री कंगना रनौत सुरुवात देखिनै लडिरहेकी छिन् । यहीँ मामलामा अब कंगनाले जया बच्चनलाई जवाफ फर्काएकी छिन् ।

मनसुन सत्रको दोस्रो दिन मंगलबार राज्यसभामा समाजवादी पार्टीकी सांसद जया बच्चनले कसैको पनि नाम नलिइकनै भनिन्, ‘फिल्म इन्डष्ट्रिमा नाम कमाउनेहरुले नै यसलाई नाली भनिरहेका छन् । मलाई आशा छ कि सरकारले यस्ता मानिसहरुलाई यस्ता भाषाको प्रयोग नगर्न भनोस् ।’

यसमा कंगनाले भनिन्, ‘तपाईंको छोरा पासोमा झुण्डिरहेको भेटिए पनि तपाईंले यस्तै भन्नुहुन्थ्यो ?’

जया बच्चनले भनिन्, ‘केही मानिसहरुका कारण तपाईं पूरा उद्योगको छविलाई धुमिल पार्न सक्नुहुन्नँ । मलाई लाज लाग्छ कि हिजो लोकसभामा हाम्रा सदस्यका एक सदस्य, जो फिल्म उद्योगसँग जोडिएका छन्, उनले यसविरुद्ध बोले । यो लज्जाको विषय हो । तपाईं जुन थालमा खानुहुन्छ त्यसमा प्वाल पार्न सक्नुहुन्नँ ।’

वास्तवमा, जयाको यो बयान सुशान्तको मृत्युपछि बलिउडसँग कंगना रनौतको विवाद र भाजपा सांसद रवि किशनको लोकसभामा दिइएको बयानसँग जोडिएर हेरिएको छ ।

कंगनाले जयाको भाषणसहित ट्वीट गरिन्ः

‘जया जी, मेरो साटो तपाईंकी छोरीलाई कुटिएको भए, ड्रग्स दिइएको भए र युवावस्थामा शोषण भएको भए यस्तै भन्न सक्नुहुन्थ्यो । यदि अभिषेकले लगातार शोषणको कुरा गरेको भए वा उनलाई एकदिन झुण्डिएको अवस्थामा भेटेको भए, तपाईंले यस्तै भन्न सक्नुहुन्थ्यो ? हामीमाथि सहानूभूति राख्नुहोस् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री