बिहानै निन्द्रा ब्युँझाउने गरी ६ रिक्टरस्केलको भूकम्प

बुधबार बिहान काठमाडौंबासीको निन्द्रा ब्युँझाउने गरी सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

Advertisement

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको हो ।

बिहान घरभित्र सुतिरहेकै बेला कडा धक्कासहितको भूकम्पको झड्का काडमाडौंसहित विभिन्न जिल्लामा महसुश भएपछि मासिनहरु घर बाहिर निस्केका थिए ।

यो नयाँ भूकम्प नभई गोरखा भूकम्प (७.६ रिक्टर स्केल) को परकम्प भएको केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ ।

Advertisement

https://twitter.com/NepalNsc/status/1306018291962572800

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री