शुक्रबार, ७ वैशाख २०८१

क्लासिक टेकले इन्ट्रानेट सेवा विस्तार गर्‍यो

समयपोष्ट २०७७ भदौ २३ गते ११:१९

Advertisement

काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले  पश्चिमको बझाङ्ग, बाजुरादेखि पूर्वमा ताप्लेजुङ्गसम्म आफ्नो इन्ट्रानेट सेवा बिस्तार गरेर सेवा उपलब्ध गराएको छ । यी क्षेत्रहरुसम्मसेवा बिस्तार गर्नु निकै कठिन र चुनौतीपूर्ण रहँदै आएको छ ।
इन्ट्रानेट सेवा विशेषगरि बैंक तथा वित्तीय संस्थाहरुको लागि निरन्तर मागअनुसार जडान गर्दै आएको छ । लकडाउनको समयमा पनि निरन्तर जडान र ग्राहकलाई सेवा प्रदान गर्दै आएकोछ ।

कोरोना संक्रमणको जोखिमसँगै प्रयोग हुँदै आएको टेलि मेडिसिन सेवामा पनि कम्पनी यो सेवा उपयोग गर्न सकिन्छ । देशका दूर्गम भेगहरुमा टेलिमेडिसिन सेवा प्रयोग र उपयोग गरेरडाक्टरहरुले बिरामीहरुको उपचार गर्न सकिन्छ । पिसिआर टेस्ट गरेर आफ्ना कर्मचारीहरुलाई पठाउने र आएपछि पनि पुन पिसिआर गराउने गरेको हुँदा निकै सुरक्षित वातावरणमा सेवादिईरहेको छ ।

नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनीमध्येको एक क्लासिक टेकले ग्रामीण भेगका कतिपय स्थानहरुमा विद्युतको उपलब्धता नभएपनि सो  स्थानमा सोलार प्रणालीमार्फतइन्ट्रानेट सेवा उपलब्ध गराएको छ । यस बाहेक कम्पनीले सेवा उपलब्ध गराएपछिको मर्मत संभारको लागि तत्काल कर्मचारीहरु उपलब्ध गराएर सेवा प्रदान गरिहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री