
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं जिल्लामा २९०, ललितपुरमा ३२,भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्याकासहित आज थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ३८२ वटा पीसीआर परीक्षण गर्दा ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै कुल काेराेना संक्रमितकाे संख्या ४६ हजार २५७ पुगेको छ ।
हालसम्म कुल पीसीआर परीक्षण संख्या ७ लाख ६८ हजार ३४५ पुगेको छ ।
हालसम्म १७ हजार २७ जना सकृय संक्रमित रहेका छन् । होम आइसोलेसनमा ७ हजार ८२६ जना छन् भने संस्थागत आइसोलेसनमा ९ हजार २०१ जना रहेका छन् । आइतबार थप एक हजार ८१४ जना डिस्चार्ज भएका छन् । यससंगै कुल डिस्चार्ज हुनेको संख्या २८ हजार ९४१ पुगेको छ ।








प्रतिक्रिया