शुक्रबार, १४ वैशाख २०८१

नेपाल–भारत वाणिज्य सन्धि जस्ताको तस्तै पारित गर्ने

समयपोष्ट २०७३ भदौ २८ गते ३:३१

गत वर्षको नाकाबन्दी पछि दुई देशबीच सम्बन्ध चिसिएका बेला ७ वर्षमा नविकरण हुने नेपाल–भारत व्यापार सम्झौता जस्ताको तस्तै पारित हुने भएको छ ।

Advertisement

दुवै देशले हालसम्म संशोधन प्रस्ताव नराखेका कारण कुनै फेरबदलबिनै पारित गर्ने तयारी छ । सम्झौताको म्याद सकिन डेढ महिनामात्रै बाँकी हुँदा पनि दुवै देशबाट संशोधन परेको छैन् ।

‘सन्धि स्वचालित रुपमै नविकरण हुन्छ, हाल सन्धिमा जे छ त्यही नै हुन्छ’, वाणिज्य मन्त्रालयका सहसचिव तथा प्रवक्ता रविशंकर सैंजुले भने, ‘तत्काल संशोधनको कुनै योजना छैन ।’

सैंजुका अनुसार परिमार्जन आवश्यक भए म्याद सकिनु ३ महिना अगाडि आशयपत्र एकअर्कालाई बुझाउनुपर्ने हुन्छ । आशयपत्र नभए स्वतः नविकरण हुन्छ । कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री