शुक्रबार, ७ वैशाख २०८१

बन्द उद्योग सञ्चालनमा आउने

समयपोष्ट २०७३ भदौ २७ गते ३:५१

उद्योगमन्त्री नवीन्द्रराज जोशीले बन्द भएका उद्योग क्रमशः खोल्दै जाने बताएका छन् । उद्योग मन्त्रालयले आइतबार उद्योग क्षेत्र सुधार कार्ययोजना विषयक छलफल कार्यक्रममा उनले तत्काल तीनवटा उद्योग सञ्चालनमा ल्याउने जानकारी दिए ।

मन्त्री जोशीले नेपाल औषधि लिमिटेड, गोरखकाली रबर उद्योग, वुटवल धागो कारखाना, वीरगञ्ज चिनी उद्योग, वीरगञ्ज कृषि औजार कारखाना, ओरियन्टल म्याग्नेसाइटमध्ये कुनै तीन उद्योग तत्काल सञ्चालन गर्ने बताए ।

Advertisement

नेपालको कूल बैदेशिक व्यापार घाटा रु छ खर्बभन्दा बढी छ । तर देशभित्र रहेका दर्जनौं उद्योग विभिन्न समयमा क्रमशः बन्द हुँदै आएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले विभिन्न समयमा हुने बन्द हड्ताल र चक्काजामले आक्रान्त स्वदेशी उद्योगमा पछिल्लोपटक विभिन्न ट्रेड युनियनकर्मीको बलजफती बन्द र विद्युत्को समस्याले नेपालका उद्योग बन्द हुँदै गएकाे बताए । कुल गार्हस्थ्य उत्पादनमा १५ प्रतिशत योगदान रहेको उद्योग क्षेत्र अहिले पाँच प्रतिशतमा खुम्चिन पुगेको छ ।

राष्ट्रिय रोजगारीमा झन्डै सात प्रतिशत योगदान रहेको नेपाली उद्योग सञ्चालनमा लगानीमैत्री वातावरण नभएको भन्दै बन्द हुने क्रम बढेको छ । यसअघि सरकारले दर्जनौं उद्योग निजीकरण गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री