शनिबार, ८ वैशाख २०८१

ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा बेरियाट्रिक तथा मेटाबोलिक सर्जरी शुरु 

समयपोष्ट २०७३ भदौ २४ गते १२:४३

काठमाडौंको धापासीमा रहेको ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा बेरियाट्रिक तथा मेटाबोलिक सर्जरी (मोटोपना नियन्त्रण गर्ने शल्यकृया) शुरु भएको छ ।
नेपालका अत्यन्त दक्ष तथा अनुभवि डाक्टरहरुको टिम रहेको यस अस्पतालले गत साउन ३० गते आइतवार पहिलो पटक बेरियाट्रिक सर्जरी सफलतापुर्वक सम्पन्न गरेसँगै यो सेवा शुरु गरेको हो । 
काठमाडौं, तरकेश्वर नगरपालिका बालाजु काभ्रेस्थलीकी बिन्दु पन्तको बेरीयाट्रिक सर्जरी गरी यो सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।
सर्जरी टिममा डा.राकेश साह नेतृवको टिममा,डा. नरेन्द्र महर्जन संलग्न थिए भने एनेस्थेसिया बिभागवाट डा. मुरारीराज उप्रेति र डा.अर्चन अधिकारीले साथ दिएका थिए। बिन्दु पन्तको बेरियाट्रिक सर्जरी गर्न चिकित्सकहरुको टोलीलाई दुई घण्टा समय लागेको डा.राकेश साहले जानकारी दिए ।
त्यसैगरी, ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले यस किसिमका बिशिष्ट उपचार सेवा आगामी दिनमा पनि थप्दै लैजाने र स्वास्थ्य उपचारकालागि बिदेश जानुपर्ने बाध्यताबाट आम नेपालीलाई मुक्तगर्ने आफुहरुको प्रयास जारी बताए  ।
grandy-2

Advertisement

ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालमा पहिलोपटक बेरियाट्रिक सर्जरी गरएकी बिन्दु पन्तले अप्रेशन गर्नु अघि आफुलाई उच्च रक्तचाप, घुँडा दुख्ने, निन्द्रामा घुर्ने लगायत हिँडडुल गर्न समेत समस्या रहेको र उच्च रक्तचापको लागि पाँच बर्षदेखि औषधि सेवन गरीरहेको बताएकी थिईन । सर्जरीपछि आपूलाइ निकै राहत मिलेको र मोटोपनाका कारण शरिरमा देखिएका बिभिन्न समस्याहरु क्रमशः कम हुँदै गएको र राति निन्द्रामा घुर्ने समस्या पनि पूर्ण रुपमा हटेको बताएकी छन्  भने उच्च रक्तचापको औषधिको समेत आवश्यकता नरहेको जानकारी गराएकी छन् ।
ग्रान्डि अस्पतालमा यो सेवा शुरु भएसँगै मोटोपना घटाउने बेरीयाट्रिक सर्जरीकालागि बिदेश गएर महँगो शुल्क तिर्नु पर्ने बाध्यताको अन्त्य भएको छ भने देशमै उपलब्ध सेवाले आर्थिक भार समेत घटाएको छ । यो सर्जरीले मधुमेह,उच्चरक्तचाप, निन्द्रामा घुर्ने समस्या लगायतका बिभिन्न मेटाबोलिक रोगहरुका कारण उत्पन्न समस्याहरुको नियन्त्रणमा प्रभावकारी रहेको बताइएको छ । 
यस किसिमको मोटोपनालाई मोर्बिड ओविसिटि भनिने र यस किसिमको मोटोपना भएका हरुले बेरीयाट्रिक सर्जरी गरेपछि १०० जना मध्ये करिव ७५ जनाले उच्च रक्तचापको औषधि खानु नपर्ने डा. साहको भनाई छ । यदि मोटोपन सँगै मधुमेह पनि भएको खण्डमा १०० जनामा करिव ८५ जनाले यसको औषधि सेवन गर्नु नपर्ने उनको तर्क छ ।  यो सर्जरी दूरबिन (ल्याप्रोरोस्कोप ) को सहायतामा गरिने भएकोले सोहिदिन बिरामी हिंडडुल गर्न सक्छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री