शुक्रबार, १४ वैशाख २०८१

सिद्धार्थ बैंकका दुई नयाँ खाता संचालनमा

समयपोष्ट २०७३ भदौ २४ गते ३:१५

सिद्धार्थ बैंकले अवकाश र प्रिमियम मुद्दति खाता सञ्चालनमा ल्याएको छ। सिद्धार्थ अवकाश मुद्दति खाता अवकाश प्राप्त व्यक्तिहरुलाई लक्षित गरी ल्याइएको र वार्षिक ६ प्रतिशत ब्याज दिइने बैंकले जनाएको छ। साथमा मासिक ब्याज भुक्तानीको विशेष व्यवस्था रहेको बताइएको छ। सिद्धार्थ प्रिमियम मुद्दति खाता २ वर्षको लागि निक्षेप राख्न इच्छुकलाई लक्षित गरि साढे ६ प्रतिशतको आकर्षक दिइने बैंकले जनाएको छ। नयाँ निक्षेप योजनाहरुमा ग्राहकको आकर्षण रहने बैंकको विश्वास छ। बैंकले हाल नेपालभर ६४ शाखा, ८१ ए.टि.एम र विभिन्न ६६ स्थानमा शाखारहित बैंकिंग सेवाको माध्यमबाट स्तरीय बैंकिंग सेवा प्रदान गर्दै आएको छ। 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री