शनिबार, २९ वैशाख २०८१

आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई स्कुलको पहुँमा ल्याउन सिप्रदीले शुरु गर्यो ‘शिक्षाको लागि टेष्ट ड्राइभ’ अभियान

समयपोष्ट २०७३ भदौ २१ गते ११:५८

टाटा मोर्टस र नेपालको लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी टे्रडिङले आर्थिक अवस्था कमजोर बालबालिकाको शिक्षाको लागि खर्च गर्न ‘शिक्षाको लागि टेष्ट ड्राइभ’ अभियान सञ्चालन गर्ने भएको छ  ।
भदौ २५ गतेदेखि संचालन हुने ‘शिक्षाको लागि टेष्ट ड्राइभ’ अभियान वापत संकलन भएको रकम अवसर नपाएका, स्कुलको पहुँचबाट टाढा रहेको बालबालिकालाई स्कुलको पहुँमा ल्याउन र शिक्षाको अवसर प्रदान गर्न खर्च गर्ने जनाएको छ ।
कम्पनीले टेष्ट ड्राइभमा टाटाका नयाँ कार टियागो, बोल्ट र जेस्ट प्रयोग गर्ने भएको छ । त्यसको लागि कम्पनीले अभियान धापाखेल र सानेपाको जेम्स स्कुलबाट टेस्ट ड्राइभ सञ्चालन गर्ने भएको हो ।
टेस्ट ड्राइभ गर्न इच्छुक अभिभावकले कुनै रकम खर्च गर्न नपर्ने मात्र सयम दिए पुग्ने कम्पनीले जनाएको छ । यो अभियानमा हरेक टेस्ट ड्राइभबापत ५ सय रुपैयाँ कोषमा जम्मा गर्ने कम्पनिले जनाएको छ । कम्पनीले करिब १० हजार देखि १२ हजार टेस्ट ड्राइभ गराउने र यसरी संकलन भएको रकम बालबालिकाको शिक्षाको लागि खर्च गरिने जनाएको छ ।

Advertisement

ललितपुरको धापाखेलमा रहेको जेम्स स्कुलबाट सुरु हुने उक्त टेष्ट ड्राइभ स्कुलमा भएको स्पेस अनुसार सकेसम्म धेरै स्कुलमा पुग्ने सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभराज थपलियाले जानकारी दिए। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री