शुक्रबार, १४ वैशाख २०८१

संविधान संशोधन गर्नुपर्ने बारे औचित्य पुष्टि गर्न ओलीले  दिए सत्तारुढ दललाई चुनौति 

समयपोष्ट २०७३ भदौ २० गते ७:४६

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्नुपर्ने बारे औचित्य पुष्टि गर्न सत्तारुढ दललाई चुनौति दिएका छन् । उपचार सकेर आईतबार काठमाडौं ओर्ले लगत्तै अध्यक्ष ओलीले संविधान संशोधन किन गर्ने र के को लागि गर्ने भन्दै कारण र आधार  समेत माग माग गरे ।
‘संविधान संशोधन गर्ने कुरामा नेकपा एमाले  बाधक छैन’ उनले भने ,‘तर अहिले के को लागि संशोधन गर्ने र किन गर्ने, कारण र आधार त चाहियो नि, त्यसै लहडको भरमा गर्ने कुरा हो र रु’
उनले मधेशी मोर्चाका मागहरु यस अघि नै करिब–करिब सबै पूरा भैसकेको समेत दाबी गरे । ‘प्रदेश सिमांकनको माग उहाँहरको माग होईन, यो मधेशी जनताको माग नै होईन’ उनले भने ।
संसदमा सरकारले आर्थिक विधेयक पेश गर्न लागेको विषयमा  एमाले ‘पर्ख र हेर’को नीतिमा अगाडि बढ्ने बताए । ‘पहिलो कुरा त आफैंले फेल गराएको विधेयक सरकारले कुन नैतिक आधार संसदमा पेश गर्छ त्यो हेर्नुपर्छ,’ उनले भने, ‘हामी संसदमा आर्थिक विधेयकको पक्षमा बहुमतको स्थिति हेरेर मात्रै निर्णय लिन्छौं ।’
फरक प्रसँगमा उनले बैंककमा आफूले भारतीय गुप्तचर रअका अधिकारीसँग भेटेको भनेर नेपालका मिडियाले लेखेकोमा टिप्पणी गर्दै भने,‘यो सरासर झूठो कुरा हो, पितपत्रकारिता गर्नेलाई के भनौं र रु’

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री